Government of Nepal

Ministry of Finance

Public Debt Management Office

Task Description

प्रस्तावित संगठन तथा शाखा र पदहरुको कार्य विवरणः

 (क)सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कार्य विवरणः

नेपाल सरकारको संघ, प्रदेश र स्थानीय तहले लिने आन्तरिक तथा वैदेशिक ऋणको व्यवस्थापन गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कार्य जिम्मेवारी देहाय अनुसार हुनेछ:

  1. सार्वजनिक ऋणको प्रक्षेपण सम्बन्धी
  • नेपाल सरकारको प्रक्षेपित आय व्यय र आर्थिक अवस्थाको विश्लेषण गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र नेपाल राष्ट्र वैंकसंगको समन्वयमा प्रत्येक वर्ष उठाउन सकिने सार्वजनिक ऋणको आवश्यकता प्रक्षेपण गरी अर्थ मन्त्रालयमा सुझाव पेश गर्ने ।
  1. सार्वजनिक ऋणको नीति तर्जुमा सम्बन्धी
  • सार्वजनिक ऋण व्यवस्थापन सम्वन्धी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति प्रस्ताव तयार गरी अर्थ मन्त्रालयमा पेश गर्ने,
  • सार्वजनिक ऋण सम्वन्धी कानून तर्जुमा वा अद्यावधिक गर्न आवश्यक विषय वस्तु तयारी गरी अर्थ मन्त्रालयमा पेश गर्ने,
  • सार्वजनिक ऋणको परिचालन गर्ने क्षेत्र पहिचान गरी अर्थ मन्त्रालयमा सुझाव पेश गर्ने ।
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र अन्तर सरकारी वित्तीय महाशाखासँग समन्वय गरी प्रदेश तथा स्थानीय तहको सार्वजनिक ऋणको सीमा तथा परिचालनका क्षेत्र सम्बन्धी सुझाव दिने ।
  1. आन्तरिक ऋण व्यवस्थापन
  • आन्तरिक ऋण निष्काशन गर्ने सम्वन्धमा निष्काशन तथा वोलकवोल तालिका अर्थ मन्त्रालयबाट स्वीकृत गराइ कार्यान्वयन गर्ने,
  • आन्तरिक ऋण प्राप्त गर्न सरकारी ऋणपत्रहरुको निष्काशन गर्ने, वोलकवोल गराउने तथा रकम प्राप्त गर्ने,
  • प्राप्त रकम नेपाल सरकारको ऋण खातामा जम्मा गर्ने/गराउने
  • ऋणको सांवा तथा व्याज रकम भुक्तानी गर्ने व्यवस्था गर्ने /गराउने,  हिसावमिलान गर्ने
  • निष्काशन भएका ऋणपत्रहरुको अभिलेख राख्ने
  • ऋणपत्रको प्रमाणपत्र तयार गरी वितरण गर्ने, आवश्यकता अनुसार नामसारी (ऋणपत्रको धनीको नाम परिवर्तन), एकीकरण, खण्डीकरण, प्रमाणीकरण तथा मृत्यु नामसारी आदि गर्ने,
  1. वैदेशिक ऋण व्यवस्थापन
  • वैदेशिक ऋण लिने सम्वन्धमा अर्थ मन्त्रालयलाइ पृष्ठपोषण उपलब्ध गराउने,
  • ऋण सम्झौता अनुसार वैदेशिक ऋणको साँवा, ब्याज तथा अन्य शुल्क भुक्तानी गर्ने, हिसावमिलान गर्ने
  • वैदेशिक ऋणको अभिलेख तथा लेखा दुरुस्त राख्ने

 

  1. शेयर तथा ऋण लगानी सम्वन्धी
  • नेपाल सरकारको तर्फबाट सार्वजनिक संघ/संस्थानहरुमा सहायक ऋण सम्झौता (Subsidiary loan Agreement) गरी ऋण लगानी गर्ने,
  • नेपाल सरकारको तर्फबाट शेयर तथा ऋण लगानी सम्वन्धी काम गर्ने,
  • सहायक ऋण सम्झौता (Subsidiary loan Agreement) गरी नेपाल सरकारको तर्फबाट गरिएको शेयर तथा ऋण लगानीको अभिलेख तथा लेखा दुरुस्त राख्ने र हिसावमिलान गर्ने
  • सम्झौतामा उल्लेखित शर्त बमोजिम ऋण लगानीबाट प्राप्त हुने ब्याजको गणना गर्ने, भाखा नाघेका ऋण तथा ब्याजको हिसाब गरी लेखाङ्कन तथा प्रतिवेदन  गर्ने ।
  • शेयरको प्रतिफलस्वरूप नेपाल सरकारलार्इ प्राप्त हुने बोनस शेयर प्राप्त गरी अभिलेख अद्यावधिक गर्ने तथा लाभांश वितरणबाट प्राप्त हुने राजस्व सम्वन्धीत खातामा दाखिला गरी लेखांकन गर्ने,
  • शेयरको रूपमा गरिएको लगानीको प्रमाणपत्र प्राप्त गरी अभिलेख अद्यावधिक गरी राख्ने,
  • वैदेशिक ऋण सम्झौता तथा सहायक ऋण सम्झौताबाट गरिएको लगानी सम्बन्धी सम्झौता तथा तमसुकको अभिलेख खडा गर्ने र अद्यावधिक गर्ने,
  1. ऋणपत्रहरुको दोश्रो वजार कारोवारको व्यवस्थापन 
  • प्राथमिक वजार निर्माताको व्यवस्था गर्ने,
  • सरकारी ऋणपत्रको दोस्रो बजारको सञ्चालन एवं प्रवर्द्धन गर्न सहयोग गर्ने,
  • सांवा तथा व्याजको भुक्तानी कमिशन उपलब्ध गराउने,
  1. सरकारी जमानत (Guarantee) को अभिलेख राख्ने,
  • सम्झौतामा उल्लेखित दर अनुसार जमानती कमिसन असुल गर्ने एवं जमानत सम्बन्धी सम्झौताहरू प्राप्त गरी अद्यावधिक रूपले राख्ने,
  1. सार्वजनिक ऋण तथा लगानीको अध्ययन अनुसन्धान र प्रकाशन
  • नेपाल राष्ट्र बैकको अनुसन्धान विभागसँग समन्वय गरी बजार तरलताको जानकारी लिइ अध्ययन गर्ने
  • सार्वजनिक ऋणको प्राप्ति तथा सो को लगानीको विषयमा अध्ययन अनुसन्धान तथा विकास सम्बन्धी कार्यहरु गर्ने गराउने,
  • आवधिक रुपमा सार्वजनिक ऋण तथा लगानीको प्रतिवेदन सम्वन्धीत निकायमा पेश गर्ने तथा प्रकाशन गर्ने,
  1. वजेट प्रस्ताव, लेखापरिक्षण तथा वेरुजू फर्छ्यौट
  • आन्तरिक तथा वैदेशिक ऋण भुक्तानी लगायतका लागि त्रिवर्षीय वजेट प्रक्षेपण गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पेश गर्ने
  • आफुले राखेको स्रेस्ताको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने
  • लेखापरीक्षणबाट औल्याइएको वेरुजू फर्छ्यौट गराउने

 

  1. विविध
  • नेपाल सरकारको नगद व्यवस्थापन (Cash Management) गर्ने,
  • आन्तरिक ऋण उठाउने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सुझाव गर्ने र आयोगबाट आएको निर्देशन पालना गर्ने
  • सार्वजनिक ऋण व्यवस्थापनसँग सम्वन्धीत निकाय एवम् विकास साझेदारहरुसंग आवश्यकता अनुसार समन्वय तथा सहकार्य गर्ने,
  • ऋण तथा लगानी व्यवस्थापनसँग सम्बन्धीत कामलार्इ सरलीकरण गर्न आवश्यक लेखाढाँचा तयार गरी महालेखानियन्त्रक कार्यलय मार्फत महालेखापरीक्षकबाट स्वीकृत गराइ लागू गर्ने,
  • सार्वजनिक ऋण तथा लगानी सम्वन्धी लेखाको लेखापरीक्षणबाट औंल्याइएको वेरुजूको जवाफ पेश गरी फर्छ्यौट गर्ने,

 

  1. नेपाल सरकारले तोकेका ऋण तथा लगानी व्यवस्थापन सम्बन्धी अन्य कार्यहरू गर्ने ।

 

शाखा तथा इकाइहरुको कार्यविवरण

शाखा :ऋण व्यवस्थापन तथा निष्काशन

  1. बोलकवोल समितिको बैठक संचालन गर्न कार्यालय प्रमुखलाइ सघाउने
  2. २ प्राथमिक डिलरको लाइसेन्स दिने प्रक्रियाको सुपरिवेक्षण गर्ने
  3. ३ प्राथमिक डिलरको सुचि स्वीकृत गर्ने
  4. ४ निश्कासन वोलकवोल तालिकाको तयारीका लागी सामाग्री उपब्ध गराउने
  5. ५ दीर्घकालिन ऋणपत्रको निश्कासनका लागी विशेषता र शर्तहरु बारे स्वीकृत र सिफारिस गर्ने
  6. ६ ऋणपत्रको निश्कासन गर्न अर्थ मन्त्रालयको स्वीकृतका लागी शाखागत टिप्पणीको सहमति दिने तथा पेश गर्ने
  7. ७ दीर्घकालिन ऋणपत्रको निश्कासनका लागी सुचना तयारी सम्बन्धी सुपरिवेक्षण गर्ने
  8. ८ सरकारी ऋणपत्रको बोलवोलका लागी प्राथमिक डिलरहरु तथा PDMO का शाखाहरु विच समन्वय गर्ने
  9. ९ मौद्रिक नीतिमा समावेश गर्न सामाग्री उपलब्ध गराउने
  10. १० बोलकवोल प्रक्रियाको नतिजा पुनरावलोकन तथा स्वीकृत गर्ने
  11. ११ सरकारी ऋणपत्रको निश्कासनका लागी ब्यवस्था मिलाउने
  12. १२ सरकारी ऋणपत्रको निश्कासन विवरण उपलब्ध गराउने
  13. १३ ऋणपत्रको प्रमाणपत्र तयारी तथा निश्कासनका लागि सुपरिवेक्षण गर्ने
  14. १४ तोकिएअनुसार र निर्धारित समयमा ब्याजको रकम तथा साँवा भुक्तानी भएको बारे विश्वस्त रहने
  15. १५ कार्यालय प्रमुखबाट अधिकार प्रत्यायोजन भए अनुसारका अन्य कार्यहरु सम्पादन गर्ने

शाखाः दोस्रो बजार कारोबार तथा हिसाब समायोजन शाखा

  1. ऋणपत्रको निश्कासन, स्थानान्तर सम्बन्धमा Dipositiory कार्यहरुको सुपरिवेक्षण गर्ने
  2. सरकारी ऋणपत्रको सुचिकरणका आधारहरु अर्थ मन्त्रालयको सहमति र स्वीकृतका लागि पेश गर्ने
  3. सरकारी ऋणपत्रको जानकारी सम्प्रेषणका लागी आधारहरुको स्वीकृत तथा अर्थ मन्त्रालयको सहमतिका लागी पेशी
  4. स्थलगत व्यापार(Spot Trade) को लागी कार्यान्वयन तथा फछर्यौट गर्न सुरक्षित प्रणालिको व्यवस्था गर्ने
  5. कारोवारको समायोजन तथा फछर्यौटको सुपरिवेक्षण गर्ने
  6. कारोवारको सक्षम सम्पादनलाइ सहज बनाउन व्यापार र सूचना (Trading and information)  प्रणालीको व्यवस्थापन गर्ने
  7. सरकारी ऋणपत्रको लागी आवश्यक सूचना प्रविधि पूर्वाधार जस्तै Trading Platform  समाशोधन तथा फछर्यौट प्रणाली आदि निर्माण पेश गर्ने
  8. कार्यालय प्रमुखबाट अधिकार प्रत्यायोजन भए अनुसारको अन्य कार्यहरु संचालन गर्ने ।

 

शाखाः लगानी तथा ऋण नीति विश्लेषण

  1. सार्वजनिक ऋण सम्वन्धी कानूनहरु तर्जुमा वा अद्यावधिक गर्न आवश्यक विषय वस्तु तयारी गरी अर्थ मन्त्रालयमा पेश गर्ने,
  2. सार्वजनिक ऋणको प्राप्ति तथा सोको लगानीलाई प्रभावकारी गराउने तथा यस क्षेत्रको प्रभावकारिता अभिबृद्दि गराउनका लागि अवलम्वन गर्नुपर्ने नीतिगत र कानूनी विषयहरुमा अध्ययन अनुसन्धान तथा विकास सम्बन्धी कार्यहरु गराई नेपाल सरकार र अन्य सरोकारवाला निकायहरुलाई पृष्ठपोषण गर्ने,
  3. ऋणको दीघर्कालमा पर्ने असर तथा प्रभाव र यसको धान्न सक्ने तह बारे मूल्याङ्कन (Debt Substanability Analysis) गरी नेपाल सरकार र अन्य सवै सरोकारवालाहरुलाई आवश्यक निर्णय लिन सूचना प्रदान गर्ने, साथै धान्न सक्ने तहमा रही वार्षिक ऋण उठाउन सरोकारवालाहरुलाई आवश्यक सल्लाह प्रदान गर्ने,
  4. प्रदेश तथा स्थानीय तहका सरकारहरुले प्राप्त गरेको ऋणको विवरण अधावधिक रुपमा राख्ने, ती निकायहरुले राखेको अभिलेखको अवस्था र लगानीको अवस्था आदिको वारेमा समय समयमा अनुगमन गर्ने,
  5. नेपाल सरकारले प्राप्त गर्ने ऋणको अवस्था र यसको परिचालनसँग सम्वन्धीत कुराहरुको नियमित रुपमा सुपरिवेक्षण तथा अनुगमन गर्ने
  6. सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कार्यको वारेमा विवरणहरु प्राप्त गरी आवधिक रुपमा प्रतिवेदन तयार गरी सरोकारवाला निकायहरुमा पठाउने,
  7. आवधिक रुपमा सार्वजनिक ऋण तथा लगानीको प्रतिवेदन सम्वन्धीत निकायमा पेश गर्ने तथा प्रकाशन गर्ने,
  8. नेपाल सरकारको तर्फबाट सहायक ऋण सम्झौता (Subsidiary loan Agreement)  गरी लगानी गर्ने,
  9. आन्तरिक तथा वैदेशिक ऋण प्राप्ति, सहायक ऋण सम्झौता (Subsidiary loan Agreement)बाट गरिएको लगानी सो को सांवा फिर्ता एवं प्रतिफल प्राप्ति (व्याज वा लाभांश आदि) सम्वन्धी आर्थिक कारोवारको वित्तीय प्रतिवेदन महालेखापरीक्षकको कार्यालयमा पेश गरी लेखापरीक्षण गराउने ।
  10. सार्वजनिक ऋण सम्वन्धी लेखाको लेखापरीक्षणबाट औंल्याइएको कैफियतको जवाफ पेश गरी फर्छ्यौट गर्ने,
  11. नेपाल सरकारको शेयर लगानी भएका संस्थान/संस्थाहरूको साधारणसभा, संचालक समिति तथा अन्य समितिहरूको वैठकमा शेयर धनी तथा सदस्यको रूपमा प्रनिधित्व गर्ने/गराउने,
  12. नेपाल सरकारले तोकेका नगद तथा लगानी व्यवस्थापन सम्बन्धी अन्य कार्यहरू गर्ने,
  13. नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय संघ संस्थामा लगानी गर्ने,
  14. कार्यालय प्रमुखबाट अधिकार प्रत्यायोजन भएका अन्य कार्यहरु गर्ने ।

इकाईः नगद तथा लगानी व्यवस्थापन

  1. नेपाल सरकारको तर्फबाट सार्वजनिक संघ/संस्थानहरुमा सहायक ऋण सम्झौता (Subsidiary loan Agreement) गरी ऋण लगानी गर्ने। यस प्रकार सार्वजनिक ऋणको लगानी गर्दा वित्तीय जोखिम न्यून हुने र लागत प्रभावकारी हुने गरी व्यवस्थापन गर्न आवश्यक प्रवन्ध गर्ने
  2. सहायक ऋण सम्झौता (Subsidiary loan Agreement) गरी नेपाल सरकारको तर्फबाट सार्वजनिक संघ/संस्थानहरुमा गरिएको शेयर तथा ऋण लगानीको अभिलेख तथा लेखा दुरुस्त राख्ने,
  3. नेपाल सरकारले प्राप्त गर्ने ऋणको प्राप्तिको अनुमान विवरण र लगानी योजनाको विवरणका आधारमा नगद आवश्यकताको पूर्वानुमान गरी आवधिक रुपमा नगद आवश्यकताको प्रक्षेपण गर्ने,
  4. नगद अनुमान समेतका आधारमा लगानीसँग सम्वन्धीत भै नेपाल सरकारको लागि नगद व्यवस्थापन (Cash Management) गर्न आवश्यक सहयोग गर्ने,
  5. सार्वजनिक ऋणको परिचालन गर्ने सम्वन्धमा सरोकारवाला निकायहरुसँग समन्वय गरी आवश्यक विवरण एवं कागजातहरु तयार गर्ने।यसका लागि सहायक ऋण सम्झौता एव‌ंलगानी सम्बन्धी सम्झौता तथा तमसुकको अभिलेख खडा गर्ने र अद्याविधक गर्ने,
  6. ऋण सम्झौता अनुसार सार्वजनिक ऋणको सांवा, व्याज तथा अन्य शुल्क भुक्तानी सम्वन्धी कार्यमा र नेपाल सरकारलाई प्राप्त हुने साँवा फिर्ता, व्याज तथा लाभांशको व्यवस्थापनका लागि अन्य शाखाहरुलाई आवश्यक सूचना आदानप्रदान समेत गरी आवश्यक सहयोग गर्ने,
  7. प्रदेश तथा स्थानीय तहका सरकारहरुले लिएको ऋण, सो बाट भएको लगानी र यसको प्रतिफलसँग सम्वन्धीत बिषयहरुको अभिलेख राख्ने,
  8. सरकारले लगानीका लागि जमानत (Garuntee)बसेको भएमा सोको अभिलेख राख्ने र यस्तो संभावित दायित्व सम्वन्धी प्रतिवेदन तयार गरी सम्वन्धीत निकायमा प्रतिवेदन गर्ने
  9. सम्झौतामा उल्लेखित शर्त बमोजिम ऋण लगानीबाट प्राप्त हुने ब्याजको गणना गर्ने, भाखा नाघेका ऋण तथा ब्याजको हिसाब गरी लेखाङ्कन तथा प्रतिवेदन  गर्ने ।
  10. शेयरको रूपमा गरिएको लगानीको प्रमाणपत्र प्राप्त गरी अभिलेख अद्यावधिक गरी राख्ने,
  11. सरकारी ऋणपत्रको व्याज तथा साँवाको भुक्तानीका लागि आवश्यक व्यवस्था गरी सम्वन्धीत शाखाहरुलाई जानकारी दिने एवं सहयोग गर्ने
  12. लगानी व्यवस्थापनका लागि वार्षिक कार्यक्रम तथा बजेट तयार गर्ने। यसका लागि अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखासँग समन्वय गरी वजेटलाई अन्तिम रुप दिने,
  13. लगानी भएका निकायहरुले तोकिएको समयमा साँवा फिर्ता वा व्याज प्रदान गराउन, लाभांश प्राप्त हुनुपर्नेमा सो अनुसार प्राप्त गराउन समयमै सरोकारवालाहरुलाई जानकारी गराउने र सो को फलोअफ समेत गर्ने,
  14. लगानीको सुरक्षा र सदुपयोगका लागि समीक्षा गर्ने गराउने एवं यसका लागि आवश्यक निगरानीको प्रवन्ध मिलाउने तथा अन्य आवश्यक कदमहरु चाल्ने।

 

 

इकाईः अनुसन्धान, ऋण निति विश्लेषण तथा सुपरीवेक्षण

  1. सार्वजनिक ऋण तथा लगानीको वारेमा आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने गराउने,
  2. नेपाल सरकारले प्राप्त गरेको ऋण र प्रदान गरेको लगानीसँग सम्वन्धीत भै बिभिन्न पक्षहरुको आवधिक रुपमा विश्लेषण गर्ने र सोको प्रतिवेदन सम्वन्धीत निकायमा पेश गर्ने,
  3. सार्वजनिक ऋणसँग सम्वन्धीत बिषयका प्रकाशनहरु तयार एवं वितरण गर्ने,
  4. सार्वजनिक ऋणको प्राप्ति तथा सोको लगानीलाई प्रभावकारी गराउने तथा यस क्षेत्रको प्रभावकारिता अभिबृद्दि गराउनका लागि अवलम्वन गर्नुपर्ने नीतिगत र कानूनी विषयहरुमा अध्ययन अनुसन्धान तथा विकास सम्बन्धी कार्यहरु गराई नेपाल सरकार र अन्य सरोकारवाला निकायहरुलाई पृष्ठपोषण गर्ने,
  5. सार्वजनिक ऋण सम्वन्धी कानूनहरु तर्जुमा वा अद्यावधिक गर्न आवश्यक विषय वस्तु तयारी गरी अर्थ मन्त्रलयमा पेश गर्ने,
  6. ऋणकोदीघर्कालमा पर्ने असर तथा प्रभाव र यसको धान्नसक्ने क्षमता बारे मूल्याङ्कन (Debt Substanability Analysis)गरी नेपाल सरकार र अन्य सवै सरोकारवालाहरुलाई आवश्यक निर्णय लिन सूचना प्रदान गर्ने,साथै धान्न सक्ने तहमा रही वार्षिक ऋण उठाउन सरोकारवालाहरुलाई आवश्यक सल्लाह प्रदान गर्ने,
  7. सार्वजनिक ऋणसँग सम्वन्धीत जोखिमका विषयहरुमा केन्द्रीत भै आवश्यक विश्लेषण गर्ने,
  8. जोखिम देखिएका सवालहरु र समाधानका संभावित उपायहरुको वारेमा विश्लेषणात्मक विवरण दिई निर्णय प्रक्रियालाई सहयोग पुर्याउने,
  9. नगद व्यवस्थापनको आविधक प्रक्षेपण गर्न, ऋणसेवामा व्याजदर तथा विनिमयदरको प्रभाव प्रक्षेपण गर्न आवश्यक विश्लेषण कार्यलाई नियमितता दिई अन्य शाखा तथा इकाई लगायतका सरोकारवालाहरु लाई सूचना प्रदान गर्ने,
  10. प्रदेश र स्थानीय तहका सरकारहरुले लिने ऋणको सम्वन्धमा आवश्यक अध्ययन तथा विश्लेषण गरी निर्णय प्रक्रियाका लागि नेपाल सरकारलाई सूचना प्रदान गर्ने,
  11. प्रदेश तथा स्थानीय सरकारहरुले गरेको ऋणको लगानीको अवस्था, यसको व्यवस्थापन र ती तहका सरकारहरुको ऋण धान्न सक्ने क्षमताको नियमित रुपमा विश्लेषण गरी सरोकारवालाहरुलाई सूचना प्रदान गर्ने,
  12. सार्वजनिक ऋणसँग सम्वन्धीत अन्य अध्ययन, अनुसन्धान, विकास तथा प्रकाशन सम्वन्धी कार्यहरु गर्ने।
  13. नेपाल सरकारले प्राप्त गर्ने ऋणको अवस्था र यसको परिचालनसँग सम्वन्धीत कुराहरुको नियमित रुपमा सुपरिवेक्षण तथा अनुगमन गर्ने
  14. सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कार्यको वारेमा विवरणहरु प्राप्तगरी आवधिक रुपमा प्रतिवेदन तयार गरी सरोकारवाला निकायहरुमा पठाउने,
  15. ऋण रकमबाट भएको लगानीको अवस्थाको वारेमा अनुगमन गर्ने र सदुपयोगको सुनिश्चितता गराउने,
  16. प्रदेश तथा स्थानीय तहका सरकारहरुले प्राप्त गरेको ऋणको अभिलेखको अवस्था,लगानीको अवस्था आदिको वारेमा समयसमयमा अनुगमन गर्नेर आवश्यक सुझावहरुसहित प्रतिवेदन गर्ने,
  17. लगानी भएको  रकमको  लाभांश प्राप्ति, साँवा फिर्ता र व्याज भुक्तानीको वारेमा समय समयमा अनुगमन गरी आवश्यक सुझावहरु सहित प्रतिवेदन गर्ने,
  18. कार्यालयको बार्षिक योजना, कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन सम्वन्धी अनुगमन तथा मूल्याङ्कन कार्य गर्ने,
  19. सार्वजनिक ऋणसँग सम्वन्धीतभै अन्य तोकिए अनुसार कार्यहरु गर्ने।

 

 

आर्थिक प्रशासन इकाइ

  1. कार्यालको बजेट तयार गर्ने गराउने, छलफल गर्ने,
  2. कार्यालयको आर्थिक प्रशासनको सञ्चालन गर्ने,
  3. कारोवारको लेखाङ्कन गर्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने,
  4. सबै प्रकारका कारोवारको निर्धारित ढाँचामा मासिक तथा बार्षिक आर्थिक विवरण तयार गर्ने,
  5. सम्बद्ध निकायमा आवधिक, नियमित प्रतिवेदन गर्ने,
  6. कार्यालयमा प्राप्त हुन आएका बिल भरपाईको नियमानुसार भुक्तानी गर्ने तथा आम्दानी र खर्चको हिसाब किताब तथा श्रेस्ताहरु रीतपूर्वक राख्ने वा राख्न लगाउने,
  7. कोष तथा लेखा नियन्त्रक कार्यालयबाट श्रेष्ताहरुमा आन्तरिक लेखापरीक्षण गराइ अन्तिम लेखापरीक्षणको लागि  तयार राख्ने र महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण  गराउने। बेरुजूको लगत कायम गरी फर्छयौट तथा सम्परीक्षण गर्ने गराउने,
  8. आवश्यकता अनुसार थप बजेट र निकासा प्राप्त गरी बाडफाँड गर्ने
  9. कार्यालयको सञ्चालन सँग सम्बन्धीत अन्य आवश्यक आर्थिक कार्यहरू गर्ने ।

 

 

प्रशासन इकाइ

  1. कार्यालयमा रिक्त रहेका सेवाका पदहरु खुल्ला प्रतियोगिता तथा बढुवाद्वारा पदपूर्तिको लागि सम्वन्धीत निकायमा पठाउने,
  2. कार्यालयका दरवन्दी सिर्जना, थपघट, खारेजको लागि कार्यवोझ तथा कार्यप्रकृति अध्ययन गरी ठोस राय सहित कार्यालय प्रमुख समक्ष पेश गर्ने,
  3. कर्मचारीहरुबाट सम्पादन हुने कार्यको लगि आवश्यकता अनुसार निर्देशन दिने र अनुगमन, रेखदेख तथा नियन्त्रण गर्ने,
  4. निजामती सेवा ऐन तथा नियमावली अनुसार कार्यालय अन्तर्गतका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन फाराम सुपरिवेक्षकको रुपमा मूल्यांकन गर्ने र राजपत्र अनंकित कर्मचारीहरुको पुनरावलोकन गर्ने र अन्य शाखाको संकलन गरी व्यवस्थापन गर्ने,
  5. विभिन्न विषयका टिप्पणीहरुमा आफ्नो स्पष्ट राय लेखी निर्णयार्थ कार्यालय प्रमुख समक्ष पेश गर्ने .
  6. प्रशासन समुह, लेखा समूह, राजस्व समुह र विविध समुहका कर्मचारीहरुको पदस्थापन गर्ने
  7. कार्यालय अन्तर्गत पदस्थापना भएका कर्मचारीलार्इ कार्यविवरण सहित जिम्मेवारी तोक्ने,
  8. कार्यालयको शाखागत तथा पदगत कार्यविवण तयार गरी स्वीकृत गराउने र अद्यावधिक गर्ने,
  9. कार्यालयबाट सरुवा भएका कर्मचारीहरूलार्इ रमाना दिने,
  10. कार्यालयमा कार्यरत तथा काजमा रहेका कर्मचारीहरुको व्यक्तिगत विवरण अद्यावधिक गर्ने,
  11. कार्यालयमा कार्यरत कर्मचारी हाजिरी र विदा तथा काजको रेकर्ड राख्ने,
  12. सेमिनार, गोष्ठी, तालीम तथा बैठकको लागी प्राप्त पत्रको आधारमा मनोनयन गर्ने प्रक्रिया अघि बढाउने,,
  13. कर्मचारीको अर्धवार्षिक तथा वार्षिक कार्य सम्पादन मुल्यांकन फारामको बितरण तथा सकंलन गर्ने,
  14. सम्पत्ति विवरणको फाराम संकलन गरी निजामती किताबखानामा पठाउने र त्यसको अभिलेख राख्ने,
  15. कार्यालय सञ्चालन सम्बन्धी मालसामान खरिद तथा भुक्तानी व्यवस्था गर्ने,
  16. कार्यालयको जिन्सी निरीक्षण गर्ने गराउने,
  17. नियमानुसार पुरानो कागजात धुल्याउने र  लिलाम बिक्री गर्ने व्यवस्था मिलाउने,
  18. कार्यालयको लागि आवश्यक भौतिक तथा जिन्सी सामान र सुविधाको व्यवस्थापन गर्ने,
  19. कार्यालयको सुरक्षा व्यवस्था, सफाई, खानेपानी तथा उत्सब, समारोह, प्रबन्ध, बगैंचा व्यवस्थापन आदि कार्य गर्ने,
  20. कार्यालयमा हुने आन्तरिक वैठकहरु व्यवस्थापन गर्ने
  21. कार्यालयको वार्षिक तथा आवधिक प्रगति विवरण तयार गर्ने
  22. विभिन्न निकायबाट माग भए अनुसारका विवरण उपलव्ध गराउने,
  23. कार्यालयको भौतिक सम्पत्तीको अद्यावधिक अभिलेख राख्ने
  24. सूचना अधिकारीको काम गर्ने तथा कार्यालयमा आएका गुनोसोको व्यवस्थापन गर्ने,
  25. कार्यालय प्रमुखले तोकेको अन्य कार्यहरु गर्ने
  26. कर्मचारीहरु कार्यालय समयभित्र काम विशेषले वाहिर निस्कँदा सो को विवरण स्पष्ट देखिने गरी लगवुक राखी त्यसको नियन्त्रण गर्ने ।

 

सूचना प्रविधि इकाइ

  1. कार्यालयको सूचना प्रविधि नीतिको कार्यान्वयन गर्ने,
  2. विकास भर्इसकेका प्रणालीहरूको सुधार तथा परिमार्जन सम्बन्धी कार्यक्रम तयार गर्ने,
  3. सूचना प्रविधि प्रणाली सञ्चालनका लागि सर्भर तथा अन्य हार्डवेयर व्यवस्थित गर्न कार्यक्रम तयार गर्ने,
  4. डाटा को व्याकअप, रिकभरी सेन्टर, Data security management and system monitoring सम्बन्धी कार्यहरू गर्ने,
  5. नेटवर्किङ (इन्ट्रानेट, नेटवर्किङ, इन्टरनेट), वाइफाइको कनेक्टिभिटी, सिसिटिभी आदिको व्यवस्थापन गर्ने,
  6. कार्यालयको वेभसाइट तथा इमेल व्यवस्थापन गर्ने,
  7. गुनासो व्यवस्थापन प्रणालीको ब्यवस्थित गरी प्राप्त गुनासा तथा सुझावहरुको वर्गीकरण र संप्रेषण गर्ने,
  8. कार्यालयमा सञ्चालित विभिन्न प्रणाली सञ्चालनमा आइपर्ने समस्याहरुको समाधान गर्ने,
  9. कार्यालयको हार्डवेयर एवं सफ्टवेयर सम्बद्ध खरिदका लागि प्राविधिक विशेषज्ञ सेवा दिने,
  10. सूचना प्रविधि सम्बन्धी उपकरण तथा प्रणालीको मर्मत सम्भार सम्बन्धी कार्य गर्ने गराउने,
  11. सूचना प्रविधिको विकास र प्रयोग सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान गर्ने गराउने,
  12. सूचना प्रविधिसम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने
  13. आपुर्तीकर्ताको कार्य सम्पादनको मूल्याङ्कन गर्ने र सम्भौताका व्वस्थाहरु बारे छलफल गर्ने
  14. प्राथमिक तथा दोश्रो बजार सञ्चालनका लागि सूचना प्रविधि पुर्वाधारको पुनरावलोकन गर्ने ।